नियम
समितिको कारवाई
(१) समितिले आफ्नो सभामा कार्यसूचिमा परेको कुरामा छलफल गर्नेछ ।
(२) कुनै सञ्चालकले कार्यसूची बाहिरको कुरा छलफल गर्न चाहेमा उपस्थित सबै सञ्चालकहरूको स्वीकृति लिई गर्न सकिनेछ ।
(३) सभाको प्रत्येक प्रश्नको निर्णय साधारण बहुमतबाट हुनेछ । तर मत बराबर भएमा अध्यक्षले निर्णयात्मक मत दिनेछ ।